Logo

राजनीति

एमालेबाट को-को हुँदैछन् मन्त्री ?


२३ फाल्गुन २०८०, बुधबार  

184
Shares

काठमाडौँ । नेकपा एमालेले मन्त्रीहरूको नाम लगभग टुङ्ग्याएको छ । एमालेले ७ वा ८ मन्त्रालय पाउनेछ । नेताहरूका अनुसार सरकारमा पार्टीको नेतृत्व सचिव रघुवीर महासेठले गर्ने छन् । उनी उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री हुने मोटामोटी सहमति भएको छ ।

त्यस्तै पदम गिरी विनाविभागीय मन्त्री भइसकेका छन् । उनले स्वास्थ्य मन्त्रालय पाउने सम्भावना छ । त्यसबाहेक दामोदर भण्डारी, भगवती चौधरी, राजेन्द्र राई, ज्वालाकुमारी साह र बलराम अधिकारी पनि मन्त्री हुने चर्चा छ । तर सात मन्त्रालय मात्र पाएको खण्डमा अधिकारी मन्त्री हुने लिस्टबाट हट्नेछन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार  २ : ५१ बजे