Logo

राजनीति

एमाले बलियो राष्ट्रिय शक्ति बनाउन प्रयासरत छ : महासचिव पोखरेल


१८ फाल्गुन २०८०, शुक्रबार  

69
Shares

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले युवा विदेश पलायन रोक्न एमाले अत्यन्त गम्भीर रहेको बताएका छन् । उनले युवाको भविष्य बलियो बनाउनकै लागि आफूहरु बलियो राष्ट्रिय शक्ति निर्माण गर्ने प्रयास गरिरहेको बताए ।

शुक्रबार महोत्तरीमा हुने एक कार्यक्रममा सहभागी हुन गएका पोखरेलले विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग छोटो संवाद गर्दै मिटरव्याजी पीडित,लघुवित्त पीडितलगायतका समसामयीक विषयमा एमाले सडकबाट जनदबाब सिर्जना गर्न पछि नपर्ने धारणा राखे ।

यस्तै उनले मूलुकको भविष्य अध्यारो देखेर मानिसमा निराशा मात्रै छाएको भन्दै त्यो निराशालाई चिर्न एमाले बलियो राष्ट्रिय शक्ति निर्माणमा जुटेको उल्लेख गरे ।

पोखरेलले एमालेको झुलाघाट-चिवाभञ्याङ संकल्प यात्राले मानिसमा आशा जगाएको उल्लेख गरेका उनले तराई मधेशमा पनि त्यस्तै प्रकारको विकास र संमृद्धिका लागि यात्रा गर्ने सोच बनाईरहेको बताएका उनले सरकार र संसदभित्र आफूहरुलाई चासो नरहेको जिकिर गरे ।

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार  २ : ३० बजे