Logo

राजनीति

डामेका र पोलेका झन्डावालाहरूलाई झन्डा छोपेर घर पठाऔं : गगन थापा


१४ फाल्गुन २०८०, सोमबार  

92
Shares

काठमाडौँ । नेपाली कांग्रेसका सांसद गगन थापाले अख्तियारले डामेको र आयोगले पोलेका झन्डावालाहरूलाई झन्डा छोपेर घर पठाउन आग्रह गरेका छन् ।

सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले संसदमा दोहोरी चलिरहने हो भने मूल विषयपनि छाँयामा पर्ने अवस्था रहेको भन्दै अख्तियारले डामेका, आयोगले पोलेको र सरकारी जग्गामा आँखा गाडेका झन्डावालाको झन्डा छोपेर घर पठाउन आग्रह गरेका हुन् ।

उनले सहकारी ठग्ने र दुईचार थान नागरिकता राख्नेलाई पनि संसदमा राखेर होइन् घरै पठाइदिएर अनुसन्धान गर्न लगाउनुपर्ने धारणा राखे ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  १ : ५२ बजे