Logo

Breaking News 1

कांग्रेस महासमितिमा उठ्यो मिडियाका मुद्दा



ललितपुर । ललितपुरको गोदावरीमा जारी नेपाली कांग्रेस महासमिति बैठकको बन्द सत्रमा महासमिति सदस्यहरुले मिडियाका मुद्दाहरु उठाएका छन् ।

महासमिति बैठकमा बोल्दै आमन्त्रित महासमिति सदस्य सरोज अधिकारी प्रेस स्वतन्त्रतामाथिको आक्रमण नै लोकतन्त्रमाथिको आक्रमण भएको उल्लेख गर्दै मिडियालाई मजबुत बनाउन कांग्रेसले पहल गर्नुपर्ने बताए ।

उनले भने ‘पछिल्लो समय मिडियामाथि आक्रमण गरेर लोकतन्त्रलाई कमजोर बनाउने काम भइरहेको छ । यसतर्फ नेपाली कांग्रेसको ध्यानाकर्षण होस् ।’ शुभेच्छुक संस्थालाई पार्टीले मतदानका लागि मात्रै उपयोग गर्न खोजेको तर अधिकार नदिएको उनको गुनासो थियो । उ

नले भने, ‘विभिन्न भूगोलबाट आउने र शुभेच्छुक संस्थाबाट आउने सबैको योगदान उत्तिकै भएकाले अधिकार पनि दिनुपर्छ ।’ त्यस्तै, जनसम्पर्क समितिबाट प्रतिनिधित्व गर्दै महासमिति सदस्य सीता सापकोटाले विदेशमा रहेका नेपालीहरुलाई पनि यही देशमा राजनीतिक अधिकार दिनुपर्ने बताइन् ।

त्यसैगरि महासमिति सदस्य चिन्तामणि सापकोटाले पनि गैरआवासीय नेपालीलाई मतदानको व्यवस्था गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार  ४ : ५५ बजे