Logo

राजनीति

सरकारको काम एमालेको विरोध र चरित्रहत्या गर्नु हो : ओली


८ फाल्गुन २०८०, मंगलबार  

92
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको सरकार राष्ट्रिय तथा र जनजीविकाका सवालमा एकदमै कमजोर भएको आरोप लगाएका छन् ।

मंगलबार नेकपा एमालेको केन्द्रीय समिति बैठकमा बोल्दै अध्यक्ष ओलीले गठबन्धन सरकारको एकमात्र एजेण्डा एमालेको विरोध र चरित्रहत्या गर्नु भएको बताए ।

वर्तमान सरकारको विकास र सुशासनको एजेण्डा नभएको ओलीको भनाइ छ ।

देशका लागिकाम गर्ने अब कुनै दल छैन भन्ने भाष्य निर्माण गर्न खोजिएको भन्दै अध्यक्ष ओलीले गठबन्धनको यही कारण विभिन्न शक्तिहरु सल्बलाएको उल्लेख गरे ।

राजनीतिक चेत नै नभएका मान्छेहरु लहडका भरमा राजनीतिमा आउनु दुखःद रहेको अध्यक्ष ओलीको आरोप छ ।

ओलीले आफू सरकारमा रहँदापनि संक्रमणकालीन न्याय टुंग्याउन पहल गर्दा पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवानले नै नमानेको दाबी गरे । 

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलबार  ३ : ४६ बजे