Logo

Breaking News 1

माओवादीको विधान सम्मेलन आजदेखि


१ फाल्गुन २०८०, मंगलबार  

115
Shares

काठमाडाैं । नेकपा माओवादी केन्द्रको विधान सम्मेलन आजदेखि काठमाडौंमा सुरु हुँदै छ । बिहान ११ बजे कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हलमा हुने छ ।

तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा एक हजार दुई सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहने माओवादी केन्द्रीय कार्यालयले जनाएकाे छ ।

सम्मेलनमा केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, तीन केन्द्रीय आयोगका सदस्य, सात भौगोलिक र तीन गैरभौगोलिक प्रदेशका पदाधिकारी, जनवर्गीय सङ्गठनका पदाधिकारीको सहभागिता रहनेछ । 

पार्टीलाई व्यवस्थितरुपमा सञ्चालनका लागि आवश्यक विधान निर्माणका लागि सम्मेलन आयोजना गरिएको हो । पार्टीले विधानको मस्यौदा तयार गर्न उपाध्यक्ष पम्फा भुसालको संयोजकत्वमा विधान मस्यौदा समिति गठन गरेको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलबार  ६ : ५६ बजे