Logo

राजनीति

‘प्रधानमन्त्री, मन्त्री फेर्ने कुरा बाटाघाटामा छलफल गर्ने होइन’



काठमाडौं । एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री वा मन्त्री फेर्ने विषयमा बाटाघाटामा छलफल गर्न नमिल्ने बताएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग उनले प्रधानमन्त्रीले संसदको नयाँ अधिवेशनमा आफ्नो नीति कार्यक्रम बजेट ल्याउनुपर्ने बेला को प्रधानमन्त्री बन्ने भन्ने कुरा आएपछि काम गर्न नसक्ने भन्दै यस्तो विषय जहाँसुकै छलफल गर्न नमिल्ने बताएका हुन् ।

सत्ता गठबन्धन दलले सरकारमा आलोपालो गर्ने बहस भइरहँदा पुष्पकमल दाहालपछि नेपाल प्रधानमन्त्री हुनुपर्ने आवाज उनको पार्टीमा उठेको छ । तर, नेता नेपालले भने यस विषयमा जथाभावी कुरा गर्न नमिल्ने बताए ।

न्यायका लागि जुनै ठाउँमा पनि बसेर जनताले आवाज उठाउन आन्दोलन गर्न पाउनुपर्ने उनले बताए । 

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार  ४ : ३६ बजे