Logo

राजनीति

नेपाली कांग्रेसको आकस्मिक केन्द्रीय कार्यसमिति बैठक बस्दै



काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । देशैभरि समुदायमा कांग्रेस अभियान चलिरहेको र नेताहरू जिल्ला जिल्ला पुगेका भएपनि सभापति शेरबहादुर देउवाले आकस्मिकरुपमा केन्द्रीय कार्यसमितिको बैठक बोलाएका हुन् ।

केन्द्रीय कार्यसमितिका सदस्य एवम् पूर्वमन्त्री केशवकुमार बुढाथोकीको सोमबार राति निधन भएको र सो विषयमा आकस्मिक बैठक बोलाइएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार बैठक मंगलबार विहान १० बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्दैछ ।

प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार  १० : ०३ बजे