Logo

Breaking News 1

अब राजतन्त्रको पक्षमा सडक र सदन दुवै ठाउँमा आन्दोलन चर्किन्छ : सांसद सिंह



हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य एवम् मकवानपुर–१ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य दिपकबहादुर सिंहले संसद् र सडक दुवै ठाउँबाट राजतन्त्रको पक्षमा आन्दोलन चर्काउने बताएका छन् ।

उनले फागुन १ देखि देशभरबाट आन्दोलन उठ्ने बताए । सांसद सिंहको विशेष निमन्त्रणामा पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार हेटौँडा पुगेका थिए । राजा फर्किएपछि आइतबारै हेटौँडामा पत्रकार सम्मेलन गर्दै नेता सिंहले गणतन्त्रले जनतालाई निराशामात्र दिएको भन्दै राजाको नामबाट सरकार डराएको बताए ।

उनले पुर्वराजा हेटौँडा आउने सन्र्दभमा मन्त्रीको तहबाटै पुर्वराजा लेखेको ब्यानरमा आपत्ति जनाउनु हाँस्यास्पद भएको भन्दै राजाको हाउगुजीले सरकार आत्तिएको बताए । उनले अब जनताले नै राजतन्त्र ल्याउने दिन नजिकै रहेको बताए ।

‘एउटा मठ मन्दिरमा आयोजकहरुले पुर्वराजालाई राजा भनेर सम्बोधन गर्नु उनीहरुको अधिकार हो, यस्तो विषयमा सरकारले टाउको दुखाउन हुदैन,’ उनको भनाइ थियो । उनले आन्दोलनका क्रममा राप्रपा नेपालसहित सबै राष्ट्रवादी, राजतन्त्रवादी शक्तिहरु एक हुने बताए ।

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  ८ : २२ बजे