Logo

Breaking News 1

एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दै



काठमाडौं । नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने गरि बोलाइएको बैठक पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बस्ने पार्टी केन्द्रीय कार्यालयका सचिव जीवनराम श्रेष्ठले बताए ।

श्रेष्ठका अनुसार, आजको बैठमा आसन्न राष्ट्रियसभाको निर्वाचनका लागि उम्मेदवार कसलाई बनाउने बारे छलफल हुनेछ ।
आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि पुस २३ गते उम्मेदवारी मनोनयनको समय रहेको छ ।

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  ७ : १६ बजे