Logo

Breaking News 1

तीनवटा संसदीय समितिको बैठक



काठमाडौँ । तीनवटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत आज कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दै छ । बैठक आज बिहान साढे ११ बजे बस्नेछ ।

आजको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, उद्योग मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयसँग सम्बन्धित संशोधन प्रस्तावकर्ता सदस्यहरूसँग छलफल हुनेछ ।

त्यस्तै बिहान ११ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा नेपाल शिक्षक महासङ्घसँग विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुनेछ ।

प्रकाशित मिति : १८ पुस २०८०, बुधबार  ९ : ३१ बजे