काठमाडौं । बर्दियाको गुलरियामा हत्या अभियोगमा आठ जनालाई पक्राउ गरिएको छ ।
गुलरिया नगरपालिका –५ स्थित सुहेलवाका वरुण घिमिरेलाई हत्या गरेको अभियोगमा प्रहरीले सुलभ थापा, धिरज ठाकुर, दिपेश बुढामगर, सन्दिप थारु र दिनानाथ चौधरीलाई पक्राउ गरेको हो ।
त्यस्तै घिमिरेको हत्यामा सहयोगी भूमिका निर्वाह गरेको आरोपमा गुलरियाका रक्षक भनिने रोशन शाह, निश्चल थापा क्षेत्री र ठाकुरबाबा नगरपालिका– ३ विदुरपुरका तर्क भण्डारीलाई समेत प्रहरीले पक्राउ गरेको छ ।
कात्तिक २६ गते राति २३ वर्षका घिमिरेलाई पुरानो रिसईबीका कारण हत्या गरेको प्रहरीको आरोप छ ।
प्रतिक्रिया