Logo

समाचार

भारतले दियो १० करोड बराबरको राहत सामग्री


१९ कार्तिक २०८०, आइतबार  

23
Shares

काठमाडौं । भारतले कर्णाली प्रदेशका भूकम्प प्रभावितहरूका लागि १० करोड भारतीय रूपैयाँ बराबरको आपतकालीन राहत सामग्री उपलब्ध गराएको छ।

आइतबार भारतीय वायुसेनाको विशेष विमानबाट ११ टनभन्दा बढी राहत सामग्री नेपालगञ्ज आइपुगेको हो ।

आइतबार नै भारत सरकारको तर्फबाट नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले राहत सामग्री उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मालाई हस्तान्तरण गरेका हुन् ।

प्रभावित मानिसहरूका लागि त्रिपाल, टारपोलिन सिट, कम्बल र स्लिपिङ्ग ब्याग, पोर्टेबल भेन्टिलेटर जस्ता चिकित्सा उपकरण र अत्यावश्यक औषधी रहेका छन् ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  ८ : २३ बजे