काठमाडौं । सरकारले संसद्को जारी वर्षे अधिवेशन अन्त्य गर्ने तयारी गरेको छ । बिहीबार बिहान ११ बजे प्रतिनिधि सभाको वर्षे अधिवेशनको अन्तिम बैठक बस्नेगरी कार्यसूची तय हुने बताइएको छ ।
बुधबार सभामुख देवराज घिमिरेको नेतृत्वमा बसेको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा दलका प्रमुख नेताहरुले सम्बोधन गर्ने लगायतका कार्यसूचीको बारेमा छलफल भएको थियो ।
बिहीबार बिहान ९ बजे मन्त्रीपरिषद्को बैठक राखिएको र त्यही बैठकले अधिवेशन अन्त्यको निर्णय लिनसक्ने बताइएको छ । बजेट अधिवेशनको रुपमा समेत लिइने वर्षे अधिवेशन यसअघि सामान्यतया दशैंअघि सकिने गरेको थियो । तर यसपालि संक्रमणकालिन न्यायसम्बन्धी विधेयक लगाएतका विधेयक पारित गर्न अधिवेशन लम्ब्याइएको थियो ।
तर विधेयक चालू अधिवेशनबाट पारित नहुने करिब निश्चित भइसकेको छ ।
प्रतिक्रिया