काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई कार्यवाहक प्रधानमन्त्री तोकिएको छ ।
शनिबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहालको अनुपस्थितिमा उनले गर्ने दैनिक प्रशासनिक कार्य खड्काले सम्हाल्ने गरी तोकेका राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्रसंघको ७८ औँ महासभामा भाग लिन शनिबारै बेलुका अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गरेका छन् । उनी त्यतैबाट चीन भ्रमणमा जाने कार्यक्रम छ ।
प्रतिक्रिया