Logo

अर्थ

सुनचाँदीको मूल्यमा उच्च गिरावट



काठमाडौ । बुधबार सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार प्रतितोला १ लाख १२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ बुधबार घटेर १ लाख ११ हजार २ सय रुपैयाँमा झरेको छ ।

यसैगरी १ लाख ११ हजार ४ सय ५० रुपैयाँ पर्ने तेजावी सुनलाई आज १ लाख १० हजार ६ सय ५० रुपैयाँ पर्ने भएको छ ।

यता, चाँदीको भाउसमेत आज प्रतितोला १५ रुपैयाँले घटेको महासङ्घले जनाएको छ । यसअघि प्रतितोला १ हजार ४ सय ५ रुपैयाँ पर्ने चाँदीलाई आज १ हजार ३ सय ९० रुपैयाँ पर्नेछ ।

प्रकाशित मिति : २७ भाद्र २०८०, बुधबार  १ : ०९ बजे