काठमाडौं । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष कुमार रम्तेललाई प्रहरीले पक्राउ गरेको छ ।
रम्तेललाई काठमाडौबाट पक्राउ गरिएको हो । उनीसहित सात जना सहकारीका पदाधिकारीविरूद्ध प्रहरीले कास्की जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो ।
सहकारीका पूर्वअध्यक्ष गितेन्द्रबाबु (जिबी) राईविरूद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । उनी ग्यालेक्सी फोरके टेलिभिजनका सञ्चालक हुन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीमा सहकारीका सञ्चालक समितिका पदाधिकारीहरूविरूद्ध ९७१ जनाले जाहेरी दिएका छन् । उनीहरूले एक अर्ब आठ करोड बढी रकम हिनामिना गरेको आरोप छ ।
प्रतिक्रिया