Logo

समाचार

माछा मार्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु, चारजना पक्राउ


२२ भाद्र २०८०, शुक्रबार  

138
Shares

स्याङ्जा । स्याङ्जामा माछा मार्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । शुक्रबार बिहान माछा मार्ने क्रममा करेन्ट लागेर वालिङ नगरपालिका–६, रसखोलास्थित आमडालीका ३६ वर्षीय यामबहादुर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

माछा मार्न प्रयोग हुने तार, रड र बाँसका भाटासहित माछा मार्न गएका चारजनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०८०, शुक्रबार  २ : ४९ बजे