Logo

Breaking News 1

उपचार नपाएर बालिकको मृत्यु प्रकरणमा सांसदले गराए सरकारको ध्यानाकर्षण



काठमाडौं । सांसदहरुले कान्ति बाल अस्पतालमा उपचार नपाएर एक बालिकाको मृत्यु भएको विषयप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरुले उपचारका लागि कुर्दाकुर्दै बालिकाको मृत्यु भएको भन्दै दोषीउपर कारबाही गर्न माग गरेका छन् ।

पूर्वस्वास्थ्यमन्त्री समेत रहेका कांग्रेसका महामन्त्री गगन थापाले अस्पतालमा दुई घण्टा पालो कुर्दा पनि उपचार नपाएर मृत्यु हुनुपर्ने अवस्था किन आयो भन्दै सरकारसँग जवाफ पनि मागेका छन् ।

उच्च ज्वरोसहितकाे समस्या भएपपछि उपचारका लागि कान्ति बाल अस्पताल पुर्‍याइएकी बालिका रेजिशा गोपालीको उपचारका लागि पालो कुर्दाकुर्दै निधन भएको थियो । सोही घटनालाई लिएर बिहीबार सांसदहरुले सरकारको जवाफ माग्नेदेखि दोषीउपर कारबाही र सर्वसुलभ स्वास्थ्य सेवाको व्यवस्था गर्न माग गरेका छन् ।

गगन थापा, महेश बर्ताैला, चन्दा कार्की, सुमना श्रेष्ठलगायतका अधिकांश सांसदले काठमाडौंमै उपचार नपाएर बालिकाले मृत्युवरण गर्नुपर्ने अवस्था लज्जास्पद रहेको र यसले देशको स्वास्थ्य सेवाको अवस्था दर्शाएको बताए ।

प्रकाशित मिति : २१ भाद्र २०८०, बिहिबार  २ : ४१ बजे