Logo

समाचार

गैंडाको खागसहित चारजना पक्राउ



काठमाडौं । प्रतिबन्धित गैंडाको खागसहित चारजना पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)को टोलीले गैंडाको  खागसहित दोलखाको मेलुङ्ग गाउँपालिका- ७ का प्रदीप मगर, रामेछापको मन्थली नगरपालिका- ७ का पूर्ण सिंह तामाङ, काठमाडौंको बूढानीलकण्ठका श्रीकृष्ण नगरकोटी र नुवाकोटको दुप्चेश्वर गाउँपालिका- १ का कर्ना तामाङलाई पक्राउ गरेको हो ।

संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसारपसार तथा खरिद बिक्री गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी टोलीले काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका- ७ हरहर महादेवस्थानबाट दुईजनालाई र उनीहरुको बयानको आधारमा थप दुईजनालाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय काठमाडौंमा बुझाइएको छ

प्रकाशित मिति : १७ भाद्र २०८०, आइतबार  ३ : २० बजे