Logo

Breaking News 1

कारागारबाट कैदी फरार



बर्दिया । बर्दिया कारागार गुलरियाबाट आइतबार एक कैदी फरार भएका छन् ।

आइतबार बिहान ३ बजे कारागार भवनको छत चढेर पर्खालबाट हामफालेर कैदी अजित बुढाक्षेत्री फरार भएका प्रहरीले जनाएको छ ।

हत्या अभियोगमा जेल जीवन बिताइरहेका बुढाक्षेत्री फरार भएका हुन् । उनको खोजी भइरहेको प्रहरीको भनाइ छ ।

२०७१ सालमा ठाकुरबाबा–८ का जोरासिंह थापाको हत्या अभियोगमा उनी कर्तव्यज्यान मुद्दामा ३० वर्ष सजाय भोगिरहेका थिए ।

प्रकाशित मिति : १७ भाद्र २०८०, आइतबार  २ : ५९ बजे