Logo

समाचार

पूर्वयुवराज पारस शाह अस्पताल भर्ना


१५ भाद्र २०८०, शुक्रबार  

46
Shares

काठमाडौं । पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् । छाति दुख्ने समस्या भएपछि उनलाई शुक्रबार बिहान ह्याम्स अस्पतालमा भर्ना गरिएको हो ।

उपचारमा समलग्न चिकित्सकका अनुसार शाहको अहिले स्वास्थ्य परीक्षण भइरहेको छ । उनलाई गम्भीर समस्या भने देखिएको छैन ।

उनलाई भोलिसम्ममा डिस्चार्ज गर्न सकिने चिकित्सकले बताएका छन् । यसअघि पनि शाहलाई मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।

प्रकाशित मिति : १५ भाद्र २०८०, शुक्रबार  ९ : ०० बजे