Logo

Breaking News 1

एसिया कप : नेपालले लियो चाैथाे विकेट



काठमाडौं । एसिया कपअन्तर्गत पाकिस्तानविरुद्ध खेलमा नेपालले चाैथाे विकेट लिएको छ ।

पाकिस्तानको मुल्तानमा भइरहेको खेलमा सन्दीप लामिछानेको बलमा पाकिस्तानका सलमान आउट भएका हुन् ।

यसअघि  सातौँ ओभरको पहिलो बलमा नेपालले दोस्रो विकेट लिएको थियो । पाकिस्तानका इमाम उल हक रन आउट भएका थिए । छैटौँ ओभरको तेस्रो बलमा नेपालका करण केसीले पाकिस्तानका आक्रामक ब्याट्सम्यान फकार जमानलाई आउट गरेका हुन् । २४ ओभरको चौथो बलमा नेपालले तेस्रो विकेट लिएको हो । पाकिस्तानका मोहम्मद रिजवानलाई नेपालका दिपेन्द्र सिंह ऐरीले रनआउट गरेका हुन् ।

टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले २४ ओभरको चौथो बल सकिँदा ३ विकेटको क्षतिमा १११ रन जोडेको छ ।

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार  ५ : १८ बजे