Logo

Breaking News 1

पाकिस्तान भर्सेस नेपाल : १४ ओभर सकिँदा पाकिस्तानले जोड्यो ६५ रन



काठमाडौं । एसिया कपअन्तर्गत पाकिस्तान र नेपालबीचको खेल भइरहेको छ ।

पाकिस्तानको मुल्तानमा भइरहेको खेलमा घरेलु टोलीले ब्याटिङ गरिरहेको छ भने नेपालले बलिङ छ । १४ ओभर सकिँदा पाकिस्तानले २ विकेटको क्षतिमा ६५ रन जोडेको छ ।

छैटौ र सातौँ ओभरमा नेपालले एक एक विकेट लिएको छ । सातौँ ओभरको पहिलो बलमा पाकिस्तानका इमाम उल हक रन आउट भए  भने छैटौँ ओभरको तेस्रो बलमा नेपालका करण केसीले पाकिस्तानका आक्रामक ब्याट्सम्यान फकार जमानलाई आउट गरे ।

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार  ४ : २८ बजे