Logo

Breaking News 1

नेप्से सूचक २०.५४ विन्दुले घट्याे



काठमाडौ । नेप्से सूचक फेरि २ हजारको मनोवैज्ञानिक विन्दुभन्दा तल आएको छ । सूचक २०.५४ विन्दुले घटेर १९९३.३८ अंकमा आएको छ । १ अर्ब २६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

यसअघि पनि २ हजार विन्दुमुनि झरेको नेप्से बाउन्स ब्याक भएर पुनः सोही विन्दुमाथि गएको थियो । लाभांशको सिजन सुरु हुनै लाग्दा बजार भने निरन्तर घट्दोक्रममा रहेको छ । म्युचुअल फन्डबाहेक सबै समूह घटेका छन् ।

नीतिगत अवरोध र ब्याजदर वृद्धिका कारण सेयर प्रभावित भएको हो । मुख्यतयः यी दुई कारणले बजारमा आम लगानीकर्ताको मनोबल कमजोर बनेको छ ।

यस दिन २८० कम्पनीको ३८ लाख ९५ हजार कित्ता सेयर कारोबार भएको छ । ७ करोड ४६ लाख रुपैयाँसहित कारोबार रकममा एसियन लाइफ इन्सुरेन्स अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः आईएमई लाइफ र सोल्टी होटेल परेका छन् ।

प्रकाशित मिति : १० भाद्र २०८०, आइतबार  ५ : ०५ बजे