Logo

Breaking News 1

बिहारकाे अदालतमा परिसरमा गोली हानाहान, दुई कैदी घाइते



बिहार। समस्तीपुर अदालत परिसर गोली चलेको आवाजले गुन्जिएको छ ।

बदमाशहरूले प्रहरीलाई खुल्ला चुनौती दिएर दुई बन्दीलाई गोली हानेका छन् ।

पुर्पक्षका लागि थुनामा रहेका प्रभात चौधरी र प्रभात तिवारीलाई अदालतमा पेश गरिएको थियो । यसै क्रममा उनलाई गोली लागेको थियो । गोली हानाहानपछि अस्तव्यस्त भएको थियो । दुवै कैदीलाई उपचारका लागि भर्ना गरिएको छ ।

गोली प्रहार गर्ने अपराधी घटनास्थलबाट फरार भएका छन् । यो समस्तीपुर लोक अदालत परिसरको सम्पूर्ण घटना हो ।

प्रकाशित मिति : ९ भाद्र २०८०, शनिबार  ४ : ४० बजे