Logo

Breaking News 1

सुन तस्करी प्रकरण : थप दुईजना चिनियाँ नागरिक पक्राउ



काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा थप दुईजना चिनियाँ नागरिक पक्राउ परेका छन् । गत २ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँचपास भएर बाहिरिएको ब्रेक शुभित्र लुकाएर ल्याएको ६० किलोभन्दा बढी सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युुरो (सीआईबी)ले थप दुईजनालाई पक्राउ गरेको हो ।

राजश्व अनुसन्धान विभागले सुन बरामद गर्दै गरेको अनुसन्धानको जिम्मा अहिले सीआईबीलाई दिइएको छ । जसअनुसार सीआईबीले बिहीबार राति काठमाडौंबाट दुईजना चिनियाँ नागरिकलाई पक्राउ गरेको हो ।

यसअघि गत बुधबार पनि सीआईबीले सुन तस्करी प्रकरणमाम चारजना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो ।

योसमेत सुन तस्करी प्रकरणमा २३ जना पक्राउ परिसकेका छन् ।

प्रकाशित मिति : १ भाद्र २०८०, शुक्रबार  ११ : ३८ बजे