Logo

समाचार

जुवातास खेलिरहेको अवस्थामा २० जना पक्राउ



काठमाडौं । काठमाडौं महानगरपालिका-१७ ढल्कु बस्ने ५१ वर्षीय दिपेन पोडेको सोही ठाउँस्थित ईन्द्रायणी वर्कशपमा जुवातास खेलिरहेको अवस्थामा पोडे समेत ९ जनालाई  प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई  नगद ३५ हजार ८० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।
तनहुँकाे आबुखैरेनी गाउँपालिका-३ पानीघट्टा बस्ने ४० वर्षीय प्रकाश बगालेको घरमा जुवातास खेलिरहेको अवस्थामा बगाले समेत ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय आबुखैरेनीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६२ हजार ३ सय १० रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो ।

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार  १२ : १५ बजे