Logo

मनोरञ्जन

गायक ढकालको शिव भजन सार्वजनिक



काठमाडौ ।  गायक प्रदिप ढकाल को शिव भजन सार्वजनिक भएको छ । भगवान शिवजिको महिमा ले भरीएको यस भजनमा अर्विन धिताल को शब्द रहेको छ भने गायक प्रदिपले नै संगीत भरेका हुन ।

मन्डला थ्रिएटर को सुरुवाती देखी कलाकार दयाहाङ राई , बूद्धी तामाङ, बिजय बराल संगै सहकार्य गर्दै आएका निकै अब्बल कलाकार बिकाश जोशी को मुख्य अभिनय रहेको यस भिडीयो मा नव कलाकार सुमन देवकोटा को पनि राम्रो प्रस्तुति देख्न सक्नुहुनेछ ।

यस भजन को एरेन्ज, कन्सेप्ट र डाईरेक्सन बिशम आचार्यको रहेको छ । जुन उनको पहिलो डिरेक्सन हो भने यस भजनलाई क्यामरा मा कैद विशाल थापाले गरेका हुन । ज्वाला राई को सम्पादन रहेको यस भजनले सबैको मनभीत्रको भगवान शिवजी लाई जगाउने छ भन्ने कुरामा ढुक्क छन् डिरेक्टर वीशम आचार्य ।

प्रकाशित मिति : २७ श्रावण २०८०, शनिबार  ७ : ५५ बजे