Logo

Breaking News 1

पहिरो खस्दा त्रिभुवन राजपथ अवरुद्ध



हेटौँडा । मकवानपुरको भिमफेदी गाउँपालिका–९ लामिडाँडामा पहिरो खस्दा त्रिभुवन राजपथ अवरुद्ध भएको छ । काठमाडौं–हेटौंडा जोड्ने पुरानो राजमार्ग त्रिभुवन राजपथ अवरुद्ध भएसँगै सवारी आवागमन रोकिएको छ ।

आइतबार बिहान साढे ९ बजेदेखि नौबिसे, भैसे, पालुङ हुँदै हेटौडा जाने सवारी साधन रोकिएका  जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पहिरो हटाएर यातायात सेवा सुरु गर्ने तयारी भइरहेको छ ।

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतबार  १२ : ५२ बजे