Logo

मनोरञ्जन

वैशाखे घाममा टिकटकस्टार समारिका र सुरेशको रोमान्स


१९ श्रावण २०८०, शुक्रबार  

115
Shares

काठमाडाैं । गायक तथा संगितकार नागेन्द्र श्रेष्ठको वैशाखे घाम बोलको गीतको भिडिओ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गीतकार लाल कार्की अन्जानको शब्द शृजना रहेको छ भने संगीत वरिष्ठ गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको रहेको छ ।

गीतमा एरेन्ज विक्क्ल खड्काले गरेका हुन् ।जसमा मिक्सिङ तथा मास्टरिङ सागर सुब्बाको रहेको छ । गीतमा गायिका सुनिता कार्कीको स्वर रहेको छ । भिडियोमा पछिल्लो समयकी चर्चित मोडल तथा टिकटकर समारिका ढकाल र सुरेश कोहलीको अभिनय देख्न सकिन्छ । भिडियोको निर्देशन शिवाजी क्षेत्रीले गरेका हुन् ।

प्रेम, रोमान्स र विछोडले भरिएको प्रेम कथालाई भिडियोमा देखाइएको निर्देशक क्षेत्री बताउछन् । भिडियोको छायाकंन करण चैसीरले गरेका हुन् भने भिडियोको सम्पादन मनोज कार्कीले गरेका हुन् । भिडियो संगीतकार श्रेष्ठकै अफिसियल युट्युब च्यानल नागेन्द्र श्रेष्ठबाट बजारमा आएको छ । सार्वजनिक गीत संगीतकार नागेन्द्र श्रेष्ठकै अफिसियल च्यानलबाट बजारमा आएको हो ।

भिडियाे लिंक : https://youtu.be/Qd5Q-hCh9EA

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार  १२ : ०४ बजे