Logo

समाचार

जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ



कैलाली । धनगढी उपमहानगरपालिका-४ बसपार्कस्थित होटल कलेलमा जुवातास खेलिरहेको अवस्थामा डोटी पुर्वीचौकी गाउँपालिका-३ बस्ने २५ वर्षीय अमित बोहरा समेत १० जनालाई  प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ४ हजार ८ सय १० रूपैयाँ र २ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  २ : ११ बजे