Logo

मौसम

सोमबारदेखि ठुलो वर्षा हुने



काठमाडौं । हाल देशमा मानसुनी वायुको प्रभाव रहनुका साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जसका कारण हाल देशभर आंशिकदेखि सामान्य बदली रही, कोशी, बागमती र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले उल्लेख गरेको छ ।

महाशाखाका अनुसार तुलनात्मक रूपमा आगामी सोमबार र मङ्गलबार बढी मनसुनी वर्षा हुनेछ । पछिल्ला दिनमा निरन्तर वर्षा भइरहे पनि शनिबारदेखि केही मात्रामा कम वर्षा भएको छ । शनिबार राति पनि भारी वर्षाको सम्भावना छैन ।

काठमाडौँमा शनिबार राति हल्का वर्षाको सम्भावना छ भने आइतबार दिउँसो मध्यम वर्षाको अनुमान गरिएको छ । यसैबीच महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा शनिबार राति देशभर आंशिकदेखि सामान्य बदली रही सबै प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

आइतबार दिउँसो मधेस प्रदेशका थोरै र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ ।

प्रकाशित मिति : ३० असार २०८०, शनिबार  ८ : ४६ बजे