काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको भेला भोलि पनि चल्ने भएको छ ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा बिहिबारबाट शुरु भएको जिल्ला सभापतिहरुको बैठकमा ४२ जिल्लाका सभापति र १८ जिल्लाका प्रतिनिधि सहभागी थिए । अन्य जिल्लाका सभापति भने भर्चुअल रुपमा सहभागी थिए ।
बिहिबारबाट शुरु भएको बैठकमा २७ जना जिल्ला सभापतिहरुले आफ्नो धारणा राखेको नेपाली कांग्रेसले जनाएको छ । शुक्रबारको बैठकमा समेत धारणा राख्ने क्रम जारी रहने जनाइएको छ ।
प्रतिक्रिया