Logo

समाचार

दिल्लीबाट फर्के महन्थ ठाकुर



काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर स्वदेश फर्केका छन् ।

भारतको राजधानी नयाँ दिल्लीमा उपचारका लागि अघिल्लो साता दिल्ली गएका ठाकुर आज स्वदेश फर्केका हुन् ।

उनको स्वागतका लागि सहरी विकास मन्त्री शरदसिंह भण्डारीलगायत त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा पुगेका थिए ।

प्रकाशित मिति : २ असार २०८०, शनिबार  ६ : १० बजे