काठमाडौं । जिल्ला मालपोत कार्यालय बाराका खरिदार घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, बारामा कार्यरत खरिदार राम विश्वास साह र गौरीशङ्कर कुमार कुशवाहकमाथि घुस लिई भ्रष्टाचार आरोपमा पक्राउ गरि मुद्दा दायर गरेको हो ।
अख्तियारका अनुसार जग्गा रजिस्ट्रेसन पास गर्नका लागि सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस मागेको भन्ने सूचना पाएपछि मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौंडाबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको थियो ।
१५ हजार बिगो कायम गरी उनीहरूमाथि मुद्दा दायर गरेको अख्तियारले जनाएको छ।
प्रतिक्रिया