काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद बेलायतका राजा चार्ल्स तृतीय र महारानी कोनसोर्टको राज्याभिषेकमा सहभागी हुन भोलि त्यसतर्फ प्रस्थान गर्ने भएका छन् ।
लण्डनमा रहँदा मन्त्री साउदले वेस्टमिन्स्टर एब्बेमा हुने राज्याभिषेक समारोहमा र बकिङ्घम दरबारमा हुने स्वागत समारोहमा सहभागी हुने मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार मन्त्री साउद बेलायतमा रहँदा अन्य औपचारिक कार्यक्रममा पनि सहभागी हुनेछन् । परराष्ट्रमन्त्री साउद यही वैशाख २६ गते स्वदेश फर्कने तालिका छ ।
प्रतिक्रिया