काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले सरकारको नीतिविरुद्ध शान्तिपूर्ण आन्दोलन घोषणा गरेका छन् ।
फेसबुकमार्फत पुनले राजधानी केन्द्रित सडक आन्दोलनको खाका सार्वजनिक गर्दै आन्दोलनमा होमिन सम्पूर्ण युवा, विद्यार्थी श्रमजीवीलाई आह्वान गरेका हुन् ।
स्वदेशी उत्पादन तथा आविष्कारलाई सरकारले कानुनी अड्चन देखाएर हैरानी दिएको भन्दै पुनले यो वा त्यो नाममा स्वदेशी उत्पादनलाई हतोत्साहित गर्ने राज्य विरुद्ध कडा जनआन्दोलनमा उत्रिन सार्वजनिक आह्वान गरेका हुन् ।
पुनले उक्त जनआन्दोलनको नेतृत्व आफैंले गर्ने समेत उद्घोष गरेका थिए ।
प्रतिक्रिया