Logo

धर्म / संस्कृति

कस्तो छ आजको राशीफल



आज मिति २०८० साल बैशाख ११ गते सोमवार तदनुसार ईसं २०२३ अप्रिल २४ तारिख ।
कस्तो छ आजको राशीफल
मेष –
धनप्राप्तिको योग बनेको छ । लगानीका लागि अनुकूल समय छ । कामको प्रशंसा हुनेछ ।

बृष –
स्वास्थ्यको ख्याल गर्नुहोला । खुसी र उमङ्गको वातावरण आउनसक्छ । छोटो दुरीको लाभदायी यात्रा हुनसक्छ ।

मिथुन –
अवसर पाउन दौडधूप र परिश्रम गर्नुपर्ला । चुनौती र जोखिम बढ्नसक्छ ।

कर्कट–
आयआर्जनका बढ्नेछ, यात्रा हुनसक्छ । अर्काको भर पर्दा काम बिग्रनसक्ला ।

सिंह –
दाम्पत्यसम्बन्ध र पारिवारिक जीवन सुखमय रहनेछ । लक्ष्य प्राप्त गर्न सकिनेछ । प्रतिष्ठा बढ्ने दिन हो ।

कन्या –
नयाँ सिक्ने अवसर पाइनेछ । राम्रो समाचार सुन्न पाइनेछ । साख र इज्जत पाइनेछ ।

तुला–
स्वास्थ्यको ख्याल राख्नुहोला । टाढाको यात्रामा ननिस्कदा राम्रो हुन्छ ।

बृश्चिक –
प्रेम बढ्नेछ । आफन्तहरू टाढिन सक्छन् । पदप्रतिष्ठामा बृद्धि हुनेछ ।

धनु –
निराशा र खिन्नता बढ्नसक्छ । घरपरिवारमा भने शुभ र सुखद समाचार प्राप्त हुनसक्नेछ ।

मकर –
आत्मविश्वासमा बृद्धि हुनेछ । काममा सफलता पाउने सम्भावना छ । दाम्पत्य जीवन सुखमय रहनेछ ।

कुम्भ –
कारोबारमा बाधा भएपनि मन प्रसन्न रहनेछ । समस्या सुल्झाउन सहयोग मिल्नेछ ।

मीन –
काम समयमै नहुनसक्छ । कामको चाप बढ्ने समय छ ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  ६ : ०० बजे