Logo

अर्थ

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर


२८ चैत्र २०७९, मंगलबार  

1.3k
Shares

काठमाडौँ । नेपाल राष्ट्र बैँकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३० रूपैयाँ ८८ पैसा र बिक्री दर १३१ रूपैयाँ ४८ पैसा रहेको छ । युरो एकको खरिद दर १४२ रूपैयाँ ७८ पैसा र बिक्री दर १४३ रूपैयाँ ४३ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६२ रूपैयाँ ७६ पैसा र बिक्री दर १६३ रूपैयाँ ५० पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ८१ पैसा र बिक्री दर ३५ रूपैयाँ ९७ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलबार  ६ : १७ बजे