Logo

समाचार

चट्याङ लागेर बैतडीमा आमा–छोरा घाइते



धनगढी । बैतडीमा आइतबार चट्याङ लागेर आमा–छोरा घाइते भएका छन् । आइतबार साँझ ५ बजेको समयमा परेको चट्याङ लागेर जिल्लाको पुर्चौडी नगरपालिका–६ की ३५ वर्षीया पार्वती साउँद र उनका ८ वर्षीय छोरा विवेक साउँद सामान्य घाइते भएका हुन् ।

यस्तै चट्याङ लागेर दुई भैँसी पनि मरेका र घरमा समेत क्षति पुग्नुका साथै घरमा जडित सोलार व्याट्रीसहितका उपकरण समेत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रक्ता प्रहरी निरीक्षक प्रहरी प्रवक्ता योगेश खत्रीले बताए ।

चट्याङ लागेर  घाईते भएका आमा–छोराको अवस्था सामान्य रहेको बैतडीका प्रहरी प्रक्ता खत्रीले जानकारी दिए ।

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार  ८ : २८ बजे