काठमाडौँ । नेपाल राष्ट्र बैँकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
आज डलरको खरिद दर १३१ रूपैयाँ ३३ पैसा र बिक्री दर १३१ रूपैयाँ ९३ पैसा रहेको छ । युरो एकको खरिद दर १४२ रूपैयाँ ८१ पैसा र बिक्री दर १४३ रूपैयाँ ४६ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १६१ रूपैयाँ ६४ पैसा र बिक्री दर १६२ रूपैयाँ ०८ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ०८ पैसा र बिक्री दर ३६ रूपैयाँ २४ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ ।
प्रतिक्रिया