Logo

मनोरञ्जन

गाएक पहाडीको नयाँ गीत ‘पिपल पलायो’ सार्वजानिक



काठमाडौं । सर्जक एवम गाएक मन्जित पहाडीको नयाँ गीत ‘पिपल पलायो’ सार्वजानिक भएको छ । मन्जित पहाडी अफिसियल युटुबबाट यो गीत सार्वजानिक गरिएको हो । मायामा धोका पछिको बेदना यो गीतले पोखेको छ ।

राजु परियार, शर्मिला तामाङ र मन्जित पहाडीको स्वर रहेको गीतलाई सब्द मन्जित पहाडी र लय अमेरिकामा रहेका सर्जक तथा गाएक तिलक ओलीको रहेको छ, भने म्युजिक एरेन्ज बिनोद बाजुरालिले गरेका छन् । मालश्री स्टुडियोमा रेकडिङ्ग भएको गीतलाई सागर बाजुरालीले रेकडिङ्ग र खडक बाजुरालीले मिक्सिङ्ग गरेका छन् ।

निशान बानियाको निर्देसन, सुरेश श्रेष्ठको क्यामराबाट तयार भएको भिडियोलाई नबिन घर्ति मगरले सम्पादन गरेका छन् भने माधब श्रेष्ठको कोरियोग्राफी रहेको छ ।

भिडियोमा धुर्ब हिमाली, अनु पराजुली, आरध्या डिसि र आलोक रानाभाटको अभिनय रहेको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार  ७ : ४३ बजे