रोल्पा । परिवर्तन गाउँपालिकाले आफ्नो वडा भित्र रहेका बहुवर्षे योजनाहरुको अनुगमन गरेको छ । चैत २ गतेदेखि परिवर्तन गाउँपालिका–२ राङ्सीबाट आफ्नो पालिका भित्र निर्माण भइरहेको र निर्माण सम्पन्न भएका योजनाहरुको अनुगमन गर्दै आएको छ । जसमा आज परिवर्तन गाउँपालिका–३ को श्री बाल शिक्षा मावि थुनिकोटमा निर्माण भएको प्रदेश र गाउँपालिकाको समपूरक बजेट बाट निर्माण भएको छ । कुल ८३ लाख २१ हजार २ सय ९० रुपियाँ बराबरमा निर्माण हुन लागेको छ । अहिले चालू आर्थिक बर्षमा ५० लाख बराबर आइसकेको छ भने बाँकी बहुवर्षे योजना भएकोले आर्थिक वर्षमा थप रकम आउने बताइएको छ । भवनको जम्मा १२ कोठा रहेको छ थप फिनिसिङक काम बाँकी रहेको जनाइएको छ ।
परिवर्तन गाउँपालिकाका अध्यक्ष गाउँपालिका तथा वडापालिका स्तरीय अनुगमन समितिका संयोजक सुक बहादुर बुढा मगरको संयोजकत्वमा भएको अनुगमनमा परिवर्तन गाउँपालिकाका उपाध्यक्ष कलादेवी खत्रेनी, परिवर्तन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेम जि.एम, परिवर्तन गाउँपालिकाका लेखा शाखा अधिकृत ध्रुबराज न्यौपाने, परिवर्तन गाउँपालिकाका पूर्वाधार शाखाका सव इन्जिनियर खकेन्द्र बुढा मगर, परिवर्तन गाउँपालिकाका रोजगार शाखाका सव इन्जिनियर कविन्द्र सुनार र पत्रकार सुर्य प्रकाश बुढा मगर लगायतको टोलीले अनुगमन गरेको छ । साथै परिवर्तन गाउँपालिका–३ बागमारामा निर्माण भएको कभर्डहलको समेत अनुगमन गरिएको छ । कभर्डहल परिवर्तन गाउँपालिकाको १५ लाख बराबर लागतमा निर्माण भएको बताइएको छ । हिजो परिवर्तन गाउँपालिका–२ राङ्सीमा रहेको श्री जनसेवा नमूना माविको दुईवटा भवनको समेत निर्माण गरेको हो । प्रदेश बाट एउटा भवन १ करोड २५ लाख र अर्को ४१ लाख बराबरका दुईवटा निर्माणमा रहेका छन । श्री विश्वमित्र विद्यालयको भवनको समेत अनुगमन गरिएको छ । कुल २६ लाखको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम र प्रदेशको विशेष अनुदानमा निर्माण भएको छ । श्री बाल विकास प्रावि भुल्टुङको पनि भवनको अनुगमन गरिएको छ । कुल २५ लाख बराबरको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम बाट निर्माण भएको छ ।
प्रतिक्रिया