काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रमुखमा सचिव राम प्रसाद थपलियाले जिम्मेवारी पाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत थपलियाले सोमबार तथ्याङ्क कार्यालयको प्रमुखका रूपमा जिम्मेवारी सम्हालेका हुन् ।
तथ्याङ्क ऐन २०७९ को कार्यान्वयनसँगै केन्द्रीय तथ्याङ्क विभागबाट ‘राष्ट्रिय तथ्याङ्क कार्यालय’रूपान्तरण भएको निकाय राष्ट्रिय योजना आयोग मातहतबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत पुर्याइएको थियो ।
तथ्याङ्क ऐन २०१५ लाई विस्थापित गराउँदै ल्याइएको ऐन अनुसार सहसचिव स्तरका महानिर्देशकले गर्दै आएको विभागको नेतृत्व प्रकाशकीय प्रमुखका रूपमा सचिवले गर्ने व्यवस्था छ ।
प्रतिक्रिया