Logo

समाचार

सूचना नदिने प्रशासकीय अधिकृत साहलाई १५ हजार जरिवाना


२६ फाल्गुन २०७९, शुक्रबार  

483
Shares

सप्तरी । राष्ट्रिय सूचना आयोगले सूचना उपलब्ध नगराएको आरोपमा सप्तरीकी एक प्रमुख प्रशासकीय अधिकृतलाई १५ हजार जरिवाना गराएको छ । आयोगले कञ्चनरुप नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत रेणुका साहलाई कारबाही स्वरुप १५ हजार जरिवाना गराएको हो ।

सूचना उपलब्ध गराउन आयोगबाट निर्देशन दिँदासमेत मागकर्तालाई सूचना नदिएपछि कारबाही गर्नु परेको आयोगले जनाएको छ ।

आयोगका अनुसार सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२ को उपदफा (१) बमोजिम साहलाई १५ हजार रुपैयाँ जरिवाना तिराइएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  ७ : ५० बजे