धनगढी । सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा नाबालिकामाथि सामूहिक बलात्कार भएको छ ।
धनगढी उपमहानगरपालिका–१० जुगेडा बस्ने १३ वर्षीया बालिकामाथि १७ फागुनमा सामूहिक बलात्कार भए पनि ढिलोगरी घटना सार्वजनिक भएको हो ।
प्रहरीले पीडित बालिकाका परिवारले घटनाबारे जानकारी दिएपछि बलात्कारमा संलग्न रहेको आरोप लागेका दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदिप चन्दले पीडितका परिवारले उजुरी दिएपछि १६ र १७ वर्षका किशोरलाई पक्राउ गरिएको जानकारी दिए ।
प्रतिक्रिया