Logo

खेलकुद

आत्मघाती गोलले म्याड्रिड माथी बार्सिलोनाको जीत


१९ फाल्गुन २०७९, शुक्रबार  

644
Shares

काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले रियल म्याड्रिडलाई पराजित गरेको छ । स्पेनिस कोपा डेल रेको सेमिफाइनलको पहिलो लिगमा बार्सिलोनाले रियलमाथि १–० को जित दर्ता गरेको हो ।

पहिलो हाफमा एडर मिलिसाओको आत्मघाती गोल नै जीतका लागि निर्णायक बन्यो । सान्टियागो बर्नबेउमा बिहीबार राति भएको खेलको २६औं मिनेटमा मिलिसाओले आत्मघाती गोल गर्न पुगेका हुन् । त्यसमा अफसाइड रहेको भन्दै रेफ्रीले भिएआर चेक गर्दा अफसाइड नदेखिए पछि रेफ्रीले गोललाई मान्यता दिएको थियो ।

यस जितसँगै बार्सिलोनाले फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । अब दोस्रो लिगमा यही नतिजा कायम राख्न सके बार्सिलोना फाइनलमा पुग्नेछ ।

 

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार  १० : ०६ बजे