Logo

समाचार

कुचीबाङ्गमा ग्राभिटी गुड्स रोपवेको शिलन्यास



रुकुम पूर्व । भुमे गाउँपालिका वडा नं.८ कुचीबाङ्गमा ग्राभिटी गुड्स रोपवेको शिलन्यास भएको छ । युकेएडको आर्थिक सहयोगमा प्राक्टिकल एक्शन र डिकोसद्धारा संचालित समुन्नति परियोजनाको आर्थिक तथा प्राविधिक सहयोग र भुमे गाउँपालिकाको समन्वयमा भुमे ८ कुचीबाङ्ग देखी भुमे ४ काँडा बगर हुँदै मध्य पहाडी राजमार्ग सम्म निर्माण हुन लागेको योजनाको भुमे गाउँपालिकाका अध्यक्ष होम प्रकाश श्रेष्ठले शिलन्यास गरेका हुन् । सो रोपवेले कुचीबाङ्गमा उत्पादित कृषि उत्पादनहरुलाई मध्य पहाडी राजमार्गसम्म ढुवानी गरि कृषकहरुको बजारसम्मको पहुँचलाई बृद्धि गर्ने लक्ष्य लिएको बताइएको छ ।

भुमे गाउँपालिका वडा नं. ८ का वडाध्यक्ष दिनेश रोकाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष, कृषि शाखा प्रमुख, बि.ब्य.स. अध्यक्ष, निर्माण समितिका सदस्यहरु, निर्माण परामर्शदाताका प्राविधिक, कृषकहरु, प्राक्टिकल एक्शनका परियोजना अधिकृत र डिकोस नेपालका कर्मचारीहरु उपस्थित भएका थिए ।
सो कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष श्रेष्ठले गाउँपालिकाले कृषकहरुलाई यथेष्ट सहयोग गर्ने तर कृषकहरुले पनि त्यसैअनुसार उत्पादनमा मिहनेत गर्नुपर्ने कुरालाई जोडदिदै भने ‘यस वर्ष पनि नमुना गाउँको लागी बजेट छुट्याईएको छ ।’ उनले आगामी वर्षमा पनि बजेट बिनियोजन गर्ने बताए । वडाध्यक्ष रोकाले वडा कार्यालयले समेत यस गाउँको कृषि विकासको लागी बजेट बिनियोजन गरेको जानाकारी दिए ।कार्यक्रको संचालन निर्माण समितिका सचिव तिलक बुढाले गरेका थिए ।

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार  ९ : २३ बजे