रोल्पा । समुन्नति परियोजना अन्र्तगत थवाङ गाउँपालिकाको समन्वयमा निर्वाचित जनप्रतिनिधिहरु तथा कृषि शाखाका कर्मचारीहरुलाई पुर्नजन्मकारी कृषि सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रम आज थबाङ गाउँपालिकामा सम्पन्न भएको छ ।थबाङ गाउँपालिका, वडा नं. २ का वडाअध्यक्ष श्री अभिलाषा बुढा मगरको अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष श्री ऋषि केशव बुढा मगरको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा, वडा नं. १, २, ३, ४ र ५ का वडा अध्यक्षहरु, कार्य पालकिाका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत तथा कृषि शाखाका कर्मचारीहरु गरि जम्मा ३१जनाको उपस्थिती रहेको थियो । प्राक्टिकल एक्शनका परियोजना अधिकृत श्री दिपेन्द्र भुजेलद्धारा कार्यक्रमको उद्येश्यमाथी प्रकाश पार्दै शुरु भएको अभिमुखीकरण कार्यक्रमलाई किसान केयर प्रा.लि.का कृषि बिज्ञ श्री शिव यन्द्योले सहजीकरण गरेका थिए । कार्यक्रममा सहजकर्ताले कृषि पर्यायवरण, पुर्नजन्मकारी कृषि, व्यावसायिक बेमौषमी तरकारी खेती, थवाङमा यसका चुनौती र संभावनाहरु आदीको बारेमा अभिमुखीकरण गरेका थिए । भने त्यसपछि खुल्ला छलफल गरिएको थियो जसमा सहभागीहरुले बिभिन्न किसिमका जिज्ञासाहरु राखेका थिए ।
कार्यक्रम पछि बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा थवाङ्ग गाउँपालिकाका अध्यक्ष श्री ऋषि केशव बुढा मगरले यस्ता बिषयवस्तुरु जनप्रतिनिधि र कृषि शाखाका कर्मचारीहरुले समेत बुझेमा गाउँपालिकाको कृषि बिकासका योजनाहरु बनाउँदा सजिलो हुने भएकाले समुन्नति परियोजनालाई बिशेष अनुरोध गरि यो कार्यक्रमको आयोजना गरिएको बताए । कार्यक्रमको समापन सत्रमा बोल्दै कार्यक्रमका अध्यक्ष तथा वडा नं.१ का अध्यक्ष श्री अभिलाषा बुढा मगरले समुन्नति परियोजनाले हालसम्म गाउँपालिका तथा वडा कार्यालयहरुसंग नियमित समन्वय गरि कार्यक्रमहरु संचालन गरिरहेको र यसरी काम गर्दा दोहोरोपन नहुने र साझेदारीमा काम गर्न सकिने हुनाले धेरै उपलब्धि हुने बताइन् । कार्यक्रमको उदघाटन तथा समापन सत्र समुन्नति परियोजनाका लैससास तथा अनुगमन मुल्याँकन अधिकृत सुनिता घर्तीमगरले संचालन गरेकी थिइन् ।
प्रतिक्रिया